पाकिस्तानमा भारी वर्षा, ११ जनाको मृत्यु
पाकिस्तान – पाकिस्तानको लाहोर, पञ्जाब प्रान्तका वरपरका जिल्लाहरू र बलुचिस्तानका केही भागमा भारी मनसुनी वर्षाले कम्तीमा ११ जनाको मृत्यु भएको र अन्य धेरै घाइते भएको डनले बुधबार रिपोर्ट गरेको छ ।
डनका अनुसार भारी वर्षाले व्यापक बाढी निम्त्याउँदा दैनिक जीवनमा गम्भीर रूपमा बाधा पुगेको छ । लाहोरमा, मुषलधारे वर्षाले तल्लो छेउछाउ र प्रमुख सडकहरू डुबानमा पारेको बताइएको छ ।
लाहोरको वाटर एन्ड सेनिटेसन एजेन्सी (वास) को तथ्यांकअनुसार यस क्षेत्रमा औसत ५८.८ मिलिमिटर, निश्तार टाउनमा सबैभन्दा बढी ८४ मिलिमिटर, लक्ष्मी चोकमा ७८ मिलिमिटर र पानीवाला तालाबमा ७४ मिलिमिटर वर्षा भएको छ ।
पन्जाब प्रान्तका अन्य ठाउँमा, खानवाल (५१ मिमी) रावलपिन्डी (४२ मिमी) साहीवाल (४४ मिमी), मुर्री (४१ मिमी), ओकारा (३० मिमी) र अन्य सहित विगत २४ घण्टामा धेरै जिल्लामा भारी वर्षा रेकर्ड गरिएको छ । गुजरानवाला, बहावलपुर र मुल्तान लगायत अन्य धेरै सहरमा पनि वर्षाको अनुभव भएको छ ।
पाकिस्तानको आपतकालीन सेवा, उद्धार ११२२ का अनुसार पन्जाबभरि वर्षासँग सम्बन्धित घटनामा नौ जनाको मृत्यु भएको छ । यसैबीच, बलुचिस्तानमा भारी वर्षा र तीव्र बतासका कारण मृत्यु र क्षति भएको छ ।
खुजदार र मस्तुङ जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएको डनले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया