NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

बास्कोटाको आरोप : गठबन्धनको संबैधानिक उपहार, महिलाको संख्या कटौती

काठमाडौँ । सामाजिक सञ्चालमा सबैभन्दा आलोचित पात्रका रुपमा परिचित एमाले नेता गोकुल बास्कोटाले स्थानीय तहको निर्वाचनसम्वन्धमा नयाँ विषय उठान गरेका छन् ।

उनले भर्खरै ट्वीट गर्दै सत्तारुढ दलहरुले गठबन्धनमार्फत स्थानीय निर्वाचनमा भाग लिदा महिलाको उपस्थितीलाई अस्वीकार गरेको आरोप लगाएका छन् ।

स्थानीय निर्वाचन ऐन अनुसार स्थानीय तहको प्रमुख र उपप्रमुखमा एकै दलबाट उम्मेदवारी दिदा एउटा पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ । एउटा दलले प्रमुख वा उपप्रमुख अर्थात अध्यक्ष वा उपाध्यक्षमध्ये एक मात्र उम्मेदवार उठाएमा जुन सुकै लिंगका उम्मेदवार हुन सक्ने व्यवस्था छ ।

यही व्यवस्थाका आधारमा दलहरुले गठबन्धन भएका स्थानीय तहहरुमा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवारलाई प्राथमिकता दिएका छन् ।

यही विषयलाई संकेत गर्दै बास्कोटाले लेखेका छन्, ‘गठबन्धनले दिएको सबैभन्दा ठुलो संबैधानिक उपहार भनेको महिलाहरुको देशैभर अस्विकार रहेछ।यो हो नि त अग्रगामी छलागं भनेको ।’

उनले राप्रपा र एमालेवीच तालमेल भएका स्थानीय तहका दुवै पदमा पुरुष रहेको सन्दर्भलाई भने विर्सिएका छन् । बास्कोटा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा संचार मन्त्री हुँदा सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैँया भ्रष्टाचार आरोपमा मुछिएका व्यक्ति हुन् ।

उनीमाथिको भ्रष्टाचार मुद्धा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विचाराधिन रहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष