भन्सार कार्यालयका नासु देवीबहादुर थापासँग एक करोड ८७ लाख अकुत सम्पत्ति
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार जाँचपास परिक्षण कार्यालय, तिनकुनेका ना.सु. देवी बहादुर थापा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनसम्वन्धि मुद्धा दायर गरेको छ ।
०५६ मा विचारी पदमा सेवा प्रवेश गरेदेखि थापाले ०७६ सम्म एक करोड ८७ लाख अबैध आर्जन गरेको अख्तियारले ठहर गरेको छ ।
छानविनमा नासु थापाको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफु, बाबु, आमा र श्रीमतीको नाममा घरजग्गा खरिद गर्नुका साथै कम्पनी तथा फर्महरु दर्ता गरी अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अख्तियारको ठहर छ ।
छानविनका क्रममा थापाले परिवारका सदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनीहरुका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी लगायतका चलअचल सम्पत्तिहरु खरिद गरेको, विभिन्न उद्योग तथा फर्महरुमा लगानी, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा रकम जम्मा गरेको भेटेको थियो ।
अख्तियारले थापाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिई प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै विगो एक करोड सतासी लाख रुपैयाँ सहित मुद्धा दायर गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया