गोरखा भूकम्पको सातौं वार्षिकीमा गयो अर्को भूकम्प
काठमाडौं । गोरखा भूकम्पको सातौं वार्षिकीकै दिन सोमबार नेपालमा अर्को भूकम्प गएको छ । देशको पूर्वीपहाडी जिल्ला ताप्लेजुङको उत्तरी क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः१७ बजे ताप्लेजुङ जिल्लाको ओलाङचुङ गोला केन्द्रविन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
उक्त भूकम्प गोरखा भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको सो केन्द्रले जनाएको छ ।
आजभन्दा ठीक सात वर्षअघि गाेरखा केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया