एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर किन्ने

काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर किन्न प्रस्ताव गरेका छन् । उनको प्रस्ताव कम्पनीले स्वीकार गरेको छ । मस्कले दुई साता अघि ट्वीटरमा ‘अत्यन्त सम्भावना’ रहेको बताएका थिए । ट्वीटरले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्लेटफर्मबाट प्रतिबन्ध लगाएकै बेला आफूलाई ‘स्वतन्त्र अभिव्यक्तिको ठूलो समर्थक’ भनेर व्याख्या गर्दै आएका मस्कले ट्वीटर प्लेटफर्म सुधार गर्ने बताएका छन् ।
यस सम्झौतासँगै सार्वजनिक रूपमा ट्रेड गरिएको फर्म ट्वीटर अब मस्कको स्वामित्वमा रहेको निजी कम्पनी हुनेछ । कम्पनीको प्रति सेयर मूल्य ५४.२० डलर रहेको ट्वीटरकाे कुल बजेट ४४ अर्ब डलर हुने जनाएको छ । फर्मले अब सेयरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्ने बताएको छ ।
🚀💫♥️ Yesss!!! ♥️💫🚀 pic.twitter.com/0T9HzUHuh6
— Elon Musk (@elonmusk) April 25, 2022
कम्पनीका सिइओ पराग अग्रवालले एक ट्वीटमा भने, ट्वीटरको सम्पूर्ण विश्वलाई प्रभाव पार्ने उद्देश्य र सान्दर्भिकता छ । हामी हाम्रो टिममा गर्व गर्छौं र पहिलेभन्दा धेरै महत्त्वपूर्ण काम गर्न प्रेरित छौं ।’
Twitter has a purpose and relevance that impacts the entire world. Deeply proud of our teams and inspired by the work that has never been more important. https://t.co/5iNTtJoEHf
— Parag Agrawal (@paraga) April 25, 2022
ट्वीटरले आफ्नो प्लेटफर्मका सामग्रीलाई लिएर राजनीतिज्ञ र नियामकहरूको बढ्दो दबाबको सामना गरिरहेको बेला एलन मस्कले ट्वीटर किन्ने प्रस्ताव गरेका छन् । ट्वीटरलाई दक्षिणपन्थी र बामपन्थी दुवैले गलत सूचनाको सामना गर्ने प्रयासको आलोचना गरेको छन् ।
फोर्ब्स पत्रिकाका अनुसार एलन मस्क विश्वको सबैभन्दा धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति २७३.६ बिलियन डलर छ । उनी इलेक्ट्रिक गाडी निर्माण कम्पनी टेस्ला र एयरोस्पेस फर्म स्पेसएक्सका मालिक पनि हुन् ।
ताजा अपडेट
-
नेपाल एसबिआई बैंकलाई ठगी गरेको आरोपमा व्यवसायी पक्राउ
-
बुहारी भित्राउन विप्लवलाई चटारो: होटलमा इन्गेजमेन्ट, पार्टी कार्यालयमा विवाह, ब्यांक्विटमा पार्टी
-
हेटौंडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु
-
रेबिजबारे व्याप्त यी भ्रम जसले मानिसको ज्यान गइरहेको छ
-
‘२४ महिना २४ बाचा’ सार्वजनिक गर्दै एनआरएनको अध्यक्षमा आरके शर्माको उम्मेदवारी
प्रतिक्रिया