सुनको मूल्य निरन्तर ओरालो, प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार हुँदै

काठमाडाैं । आइतबारयता सुनको मूल्य निरन्तर घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज नौ सय रुपैयाँले ओरालो लागको हो ।
महासंघका अनुसार सोमबार तोलामा एक लाख दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला चार सय रुपैयाँ घटेर एक लाख ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सोमबार प्रतितोला ९९ हजार सात सय रूपैयाँमा कारोबार भएको तेजावी सुन आज ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा १० रुपैयाँ घटेको चाँदी आज स्थिर छ । आज चाँदी सोमबारकै मूल्य अर्थात एक हजार ३५० रुपैयाँमा कारोबार भइरहको हो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया