बेलायतले रुसलाई जासुसी उपकरण निर्यातमा रोक लगायो
लन्डन । बेलायतले रुसलाई वार्तामा अवरोध गर्ने र युक्रेनीहरूको जासुसी गर्न प्रयोग हुने इलेक्ट्रोनिक उपकरण निर्यातमा प्रतिबन्ध लगाएको छ । अन्तर्राष्ट्रिय व्यापार विभागले पनि युक्रेनबाट आयात हुने उत्पादनहरूमा लगाइएको शुल्क हटाउने घोषणा गरेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोधमा बेलायतले यो निर्णय गरेको हो । उनले देशको अर्थतन्त्रलाई सम्हाल्न सहयोगका लागि आग्रह गरेका थिए । बेलायतले हाल १० महिनाका लागि यी शुल्कहरु हटाएको छ ।
बेलायतले यसअघि रुसलाई उड्डयन र अन्तरिक्षसँग सम्बन्धित उपकरण, तेल प्रशोधन गर्ने वस्तु र क्वान्टम कम्प्युटिङ जस्ता उन्नत प्रविधिको निर्यातमा प्रतिबन्ध लगाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया