वन अधिकृतसहित ६ जनाविरुद्ध जनही ८ लाख ८७ हजार भ्रष्टाचार मुद्दा दायर

काठमाडाैं । डिभिजन वन कार्यालय मुगुमा कार्यरत वनअधिकृत भरत बहादुर बुढा थापासहित ६ जनाविरुद्ध जनही ८ लाख ८७ हजार ६५३ रुपैयाँ बराबर बिगो रकमसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्याएको आरोपमा आज उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।
मुगुको सोरु गाउँपालिकाको जवालधारस्थित काछदेखि छोटासम्म पदमार्ग निर्माण कार्य गर्दा उपभोक्ता समिति र प्राविधिकको मिलोमत्तोमा हुँदै नभएको कामको झुठ्ठो बिल बनाई विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धान गर्दा कार्यभन्दा बढी परिमाण उल्लेख गरी बिल तयार गरेको र फिल्डमा कार्य नगरी ८ लाख ८७ हजार रुपैयाँ रकम मास्ने उद्देश्यले काम गरेको खुलेको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार उनीहरुको उक्त कार्य भ्रष्टाचार ऐन विपरित हुन आएको हुँदा उनीहरुविरुद्ध जनही ८ लाख ८७ हजार ६५३ रुपैयाँ बिगोसमेत असुलउपर गरी कारबाहीको लागि अदालतमा मागदाबी गरिएको छ ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया