NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

तेस्रो विश्वयुद्धको सम्भावना रहेको रुसको चेतावनी

मस्को । रुसी विदेश मन्त्री सर्गेई लाभरोभले सोमबार युक्रेनले शान्ति वार्ताको पालना नगरेमा तेस्रो विश्वयुद्धको सम्भावना रहेको चेतावनी दिएका छन् ।

लाभरोभले विभिन्न रूसी समाचार एजेन्सीहरूसँग कुरा गर्दै शान्ति वार्तामा युक्रेनको दृष्टिकोणको आलोचना गरेको मस्को टाइम्सले उल्लेख गरेको छ । उनले भने, ‘सद्भावनाको सीमा हुन्छ। तर यो पारस्परिक छैन भने यसले वार्ता प्रक्रियालाई मद्दत गर्दैन ।’

टर्कीको इस्तानबुलमा रुस र युक्रेनबीच भर्खरै भएको बैठकमा लाभरोभले किएभले अघिल्लो अडानबाट बाहिरिएको सम्झौताको मस्यौदा प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

यसबाहेक लाभरोभले रुसले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले तोकेको टोलीसँग वार्तामा संलग्न हुने कुरामा जोड दिएका छन् । तर उनले जेलेन्स्कीले भने शान्ति वार्ताको नाटक मञ्चन गरिरहेको आरोप लगाएका छन् ।

लाभरोभले तेस्रो विश्वयुद्धको खतरा बाहिर सुनिए जत्तिकै वास्तविक रहेकोसमेत चेतावनी दिएका छन् । ‘खतरा गम्भीर छ, यो वास्तविक हो,’ उनले भने ।