१५ अंकले घट्यो नेप्से, १ अर्ब ४ करोडको कारोबार
काठमाडौं । सोमबार घटेको नेप्से मंगलबार पनि घटेको छ । नेपाल स्टक एक्सेञ्च ९नेप्स० का अनुसार आज नेप्से १५.०२ अंकले घटेर २३७०.०९ विन्दुमा पुगेको छ ।सोमबार नेप्से ३४.९५ अंकले बढेर २३८६.०१ विन्दुमा पुगेको थियो ।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७४ अंकले घटेर ४५२.९५ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । आज कुल २२८ कम्पनीको ३४ लाख १९ हजार २२८ कम्पनीको सेयर खरिद बिक्री हुँदा एक अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा उत्पादन र सामूहिक लगानी कोषको सेयरमूल्य बढेको छ । उत्पादनको ०.२९ र सामूहिक लगानी कोषको १.६२ प्रतिशतले बढेको छ ।
बैंकिङ ०.३२, व्यापार ०.४८, होटल तथा पर्यटन ०.१२, वित्त ०.९९, विकास बैंक १.०१, जलविद्युत् १.४९, लघुवित्त ०.२८, जीवन बीमा ०.७५ र लगानी १.३९ अंकले घटेको छ । त्यस्तै निर्जीवन बीमा ०.९३ र अन्यको सेयर मूल्य ०.६२ प्रतिशतले घटेको छ ।
आज जाल्पा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ९.९९ प्रतिशतले कमाएका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया