चार दिनयता लगातार सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । आइतबारयता सुनको मूल्य निरन्तर घटिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तीन सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
मंगलबार छापावाल सुन प्रतितोला नौ सय घटेर ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै छापावाल सुन सोमबार तीन सय रूपैयाँ र आइतबार चार सय रूपैयाँ घटेको थियो ।
त्यस्तै मंगलबार प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ९८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार स्थिर चाँदी आज प्रतितोला १० रूपैयाँ घटेको छ । महासंघका अनुसार बुधबार चाँदी प्रतितोला एक हजार ३४० रूपैयाँमा कारोबार भइरहेको हो । मंगलबार चाँदी प्रतितोला एक हजार ३५० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया