पोल्यान्ड र बुल्गेरियामा रुसले ग्यास आपूर्ति बन्द गर्ने

काठमाडौं । रुसले पोल्याण्ड र बुल्गेरियामा जाने ग्यासको आपूर्ति राेक्ने भएको छ । रुसको ग्यास आपूर्ति कम्पनीले यी देशहरूलाई रूबलमा भुक्तानी नगरे आपूर्ति रोक्ने बताएकाे हाे ।
यी दुवै देशले रुबलमा भुक्तानी गर्न अस्वीकार गरेका छन् । समाचार एजेन्सी पिटिआईका अनुसार युरोपियन युनियन र नेटोका यी दुई सदस्य राष्ट्रहरूमा बुधबारदेखि ग्यास आपूर्ति बन्द गर्न लागेको गाजप्रोमले जानकारी दिएको बताएका छन् ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना ‘गैरसहयोगी राष्ट्रहरूले’ डलरको सट्टा रुबलमा भुक्तान गर्नु पर्ने बाध्यकारी नियम बनाए यता रुसले आपूर्ति कटौती गरेको यो पहिलोपटक हो ।
रुसको आक्रमणपछि पोल्यान्डले आफ्नो छिमेकी राष्ट्र युक्रेनलाई समर्थन गर्दै आएको छ, साथै अमेरिका र अन्य पश्चिमी मुलुकबाट युक्रेनमा पठाइने हतियारको ट्रान्जिट पनि पोल्यान्ड हो ।
पोल्यान्ड सरकारले युक्रेनलाई हतियार पनि दिइरहेकाे छ । यसबाहेक, मंगलबार पोल्याण्डले गाजप्रोमसहित ५० रूसी कम्पनी र व्यवसायीमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया