NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

नीर्जीवन बीमा कम्पनीले चैत्रसम्ममा आर्जन गरे २८ अर्ब रूपैयाँ बीमा शुल्क, चैत्रमा मात्रै ३ अर्ब ४० करोड

काठमाडाैं । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीले २१ लाख ७५ हजार ४१४ बीमालेख जारी गरी २८ अर्ब  ७० करोड ११ लाख रूपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

बीमा समितिको तथ्यांकअनुसार बीमा कम्पनीले चैत्रमा मात्रै ३ अर्ब ४० करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । उक्त अवधिमा कम्पनीले कुल २ लाख ५६ हजार ९५८ बीमालेख जारी गरेका छन् ।

कुल बीमा शुल्क संकलनमा शिखर इन्स्योरेन्स अघि

चालु आवको चैत्रमसान्तसम्ममा पनि कुल बीमा शुल्क संकलनमा शिखर इन्स्योरेन्स कम्पनीले नै अग्रस्थान लिएको छ । सोही अवधिसम्ममा उक्त कम्पनीले ३ अर्ब ७१ करोड १५ लाख रूपैयाँ बीमा शुल्क संकलन गरेको छ । चालु आवको माघ र फागुनसम्ममा पनि कुल बीमा संकलनमा शिखर इन्स्येरन्स नै अग्र स्थानमा थियो ।

शिखर इन्स्योरेन्सले फागुनमसान्तसम्मा ३ अर्ब १० करोड २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन थियो । त्यस्तै चालु आवको माघसम्ममा शिखर इन्स्योरेन्सले कुल २ अर्ब ७६ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । फागुनमसान्तसम्मा पनि शिखर इन्स्योरेन्स नै बीमा शुल्क संकलनमा दोस्रो स्थानमा थियो । फागुन मसान्तसम्ममा कम्पनीले २ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले २ अर्ब २३ करोड ९२ लाख रुपैयाँ कुल बीमा आर्जन गरेको छ । त्यसैगरी सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ९४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ७७ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिसम्ममा प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब ६४ करोड ५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २७ करोड ४१ लाख, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब २२ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी यूनाइटेड इन्स्योरेन्स कम्पनीले १ अर्ब २१ करोड, नेपाल इन्स्योरेन्स कम्पनीले १ अर्ब १८ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले १ अर्ब १७ करोड, प्रभु इन्स्योरेन्स कम्पनीले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १ अर्ब ३ करोड, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले १ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् ।

करोडमा बीमा शुल्क आर्जन गर्ने कम्पनी

बीमा समितिको तथ्यांक अनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीले ९२ करोड ७४ लाख रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ७२ करोड २४ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले ७२ करोड ६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्स कम्पनीले ६७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष