‘कठपुतली’ हेरेर ‘आइफोन १२’ जिते धिरज थापाले
काठमाडाैं । हरर जनरामा बनेको फिल्म कठपुतली हेरेर एक दर्शकले आइफोन १२ जितेका छन् । उनले बुटवलको क्युएफएक्स हलमा फिल्म हेरेका थिए । फिल्म निर्माण टिमले मंगलबार ‘आइफोन १२’ जित्ने विजेताको नाम गोला प्रथाबाट छानेको हो ।
फिल्म हेर्ने टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेमध्ये धिरज थापाले १ लाख ३० हजार मुल्यको ‘आइफोन १२’ जितेका छन् । मंगलवार फिल्मका अभिनेता कार्म शाक्यले गोला प्रथाबाट विजेताको नाम घोषणा गरेका हुन् ।
दर्शकलाई फिल्म हेर्न आकर्षित गर्न ‘कठपुतली’ युनिटले उपहार योजना ल्याएको थियो । २०७८ को पुष १६ देखि प्रदर्शनमा आएको फिल्मले हल काउन्टरबाट काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एक जनालाई आइफोन १२ प्रदान गर्ने घोषणा गरेको थियो ।
पृथ्वी राना मगरले निर्माण गरेको चलचित्रमा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया