उम्मेदवार नबनेका विरानगटरका मेयरद्वारा राजीनामा
काठमाडौं । उम्मेदवार नबने पनि विराटनगरका मेयर भीम पराजुलीले राजीनामा दिएका छन् । महानगरमा पुनः उम्मेदवारको दौडमा रहेका पराजुलीलाई पार्टीले उम्मेदवार बनाएन । विराटनगरमा नागेश कोइरालाले मेयरमा उम्मेदवारी दर्ता गराएको पर्सिपल्ट पराजुलीले राजीनामा दिएका हुन् ।
उम्मेदवार बन्नेले राजीनामा दिनुपर्ने भए पनि पराजुलीले पनि राजीनामा दिएका हुन् । पराजुलीले नैतिकतको आधारमा राजीनामा दिएको उनको पत्रमा उल्लेख छ ।
नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएपछि पदमा बसिरहनु उचित नहुने भन्दै राजीनामा दिएको उनको भनाइ छ । तर उनले मेयरमा पुनः उम्मेदवार बन्न निक्कै जोडबल गरेका थिए ।
मेयरमा अमृत अर्याल र डा. डिला संग्रौला मुख्य दाबेदार भए पनि नागेशले बाजी मारेका थिए । डा. शेखर कोइरालाको जोडबलमा उनी मेयरको उम्मेदवार बनेका हुन् ।
अघिल्लोपटक कोइराला क्याम्पबाटै पराजुलीले मेयर जितेका थिए । तर १४ औं महाधिवेशनसम्म आइपुग्दा उनी संस्थापन शेरबहादुर देउवा निकटका भइसकेका थिए । यसैले शेखरले उनलाई यसपटक दोहोर्याउन चाहेनन् । विराटनगरमा अघिल्लोपटक मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो ।
यसपटक कांग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवारी दिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया