NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

उम्मेदवार नबनेका विरानगटरका मेयरद्वारा राजीनामा

काठमाडौं । उम्मेदवार नबने पनि विराटनगरका मेयर भीम पराजुलीले राजीनामा दिएका छन् । महानगरमा पुनः उम्मेदवारको दौडमा रहेका पराजुलीलाई पार्टीले उम्मेदवार बनाएन । विराटनगरमा नागेश कोइरालाले मेयरमा उम्मेदवारी दर्ता गराएको पर्सिपल्ट पराजुलीले राजीनामा दिएका हुन् ।

उम्मेदवार बन्नेले राजीनामा दिनुपर्ने भए पनि पराजुलीले पनि राजीनामा दिएका हुन् । पराजुलीले नैतिकतको आधारमा राजीनामा दिएको उनको पत्रमा उल्लेख छ ।

नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएपछि पदमा बसिरहनु उचित नहुने भन्दै राजीनामा दिएको उनको भनाइ छ । तर उनले मेयरमा पुनः उम्मेदवार बन्न निक्कै जोडबल गरेका थिए ।

मेयरमा अमृत अर्याल र डा. डिला संग्रौला मुख्य दाबेदार भए पनि नागेशले बाजी मारेका थिए । डा. शेखर कोइरालाको जोडबलमा उनी मेयरको उम्मेदवार बनेका हुन् ।

अघिल्लोपटक कोइराला क्याम्पबाटै पराजुलीले मेयर जितेका थिए । तर १४ औं महाधिवेशनसम्म आइपुग्दा उनी संस्थापन शेरबहादुर देउवा निकटका भइसकेका थिए । यसैले शेखरले उनलाई यसपटक दोहोर्याउन चाहेनन् । विराटनगरमा अघिल्लोपटक मेयर र उपमेयर दुवै कांग्रेसले जितेको थियो ।

यसपटक कांग्रेसले मेयर र जसपाले उपमेयरमा उम्मेदवारी दिएका छन् ।