प्रशासनविद् भन्छन्, ‘२ दिन विदा दिने निर्णयको पृष्ठभूमि नै हावादारी’
किन खारेज भयो ०५६ को २ दिन विदा दिने निर्णय ?

काठमाडौँ । दुई दिन सार्वजनिक विदा दिने सरकारको निर्णयमाथि टिप्पणी गर्दै पूर्वप्रशासकहरुले हावादारी निर्णय भनेका छन् ।
सरकारले पछिल्लो परिस्थितिलाई ख्याल गर्दै इन्धन खपत र खर्च कटौतीका लागि यस्तो निर्णय गरेको जनाएको छ । यस्तै यो निर्णयले पर्यटन प्रवर्दन गर्ने समेत सरकारको विस्वास छ ।
मन्त्रिपरिषदले निर्णयका लागि उठाएको टिप्पणी फाइलमा यीनै तिन विषयलाई जोडदारका साथ उठाइएको थियो ।
तर पूर्व मुख्य सचिव लिलामणि पौड्याल र पूर्व सचिव शारदाप्रसाद त्रितालले सरकारले गरेको निर्णय परिपक्क नभएको टिप्पणी गरेका हुन् ।
यसअघि २०५६ सालमा सरकारले हप्तामा दुई दिन विदा दिने अभ्यास गरेको थियो । उक्त निर्णयबाट सेवाग्राही प्रभावित बनेको भन्दै सरकारले निर्णय फिर्ता गरेको थियो ।
दुई दिन विदा दिन प्रशासनिक संरचनामा कुनै सुधार नै नगरी असफल भइसकेको अभ्यासलाई जस्ताको तस्तै सरकारले फेरि ल्याएको छ ।
यस्तो निर्णय गर्नुअघि २०५६ मा के कारणले दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको थियो ? र के कारणले असफल भयो भनेर अध्ययन हुनुपर्ने र निदानको उपाय अपनाउनु पर्ने पूर्व मुख्य सचिव लिलामणि पौडेलको भनाई छ ।
‘दुई दिन विदा दिन अघि सारिएका तर्कहरुमा आश्वस्त हुन सकिदैन । दुई दिन विदा दिदा पर्यटन प्रवद्र्धन हुन्छ । खर्च कटौतीमा सहयोग गर्छ भन्ने तर्क युक्ति संगत छैन । यहि तर्कका आधारमा दुई दिन विदा दिएको हो भने झनै गलत भया ।’ उनले भने ।
पूर्व सचिव शारदा प्रसाद त्रितालको बुझाई पनि उस्तै छ । विदा दिने कि नदिने भन्दा पनि सिस्टम कस्तो बनाउने कुरा हो । इन्धनको समस्यालाई कारण देखाएर विदा दिन खोजिएको छ । तर यो तर्क पुरै हावादारी छ ।
खर्च बचाउने नै हो भने अनावश्यक नियुक्तिहरु खारेज गर्नुपर्छ । मन्त्रीहरुलाई कुनै पनि सल्लाहकार चाहिदैन । मन्त्रीका आसेपासे सल्लाहकार हटाइदिऔँ ।
प्रधानमन्त्रीलाई पनि महत्वपूर्ण विषयका सल्लाहकार बाहेक बाँकी हटाइदिऔँ । अनावश्यक नियुक्तिहरु खारेज गर्दा धेरै खर्च कटौती हुन्छ ।
पूर्व मुख्य सचिव पौडेलले दुई दिन विदा दिनुअघि हाम्रो प्रशासनको कार्यशैली, आचरण, स्वभावमा सुधार हुनुपर्ने बताए । अन्यथा जनता प्रशासनिक कामबाट थप पिडित हुने संम्भावना हुने बताए ।
यो कुरालाई ख्याल गरिएन भने जनताले समयमा सेवा पाउन सक्दैन । २०५६ सालमा बन्द गर्नुको मुल कारण नै सेवा प्रभावित हुनु थियो ।
कर्मचारीमा रहेको भोली–भोली भनेर काम नगर्ने प्रवृती सुधार नभई यस्ता निर्णयले काम गर्न सक्दैन ।
कर्मचारीमा ढिलासुस्तीको समस्या छ । यस्तै विदाको अघिल्लो र विदाको भोली पटक ढिलागरी कार्यालय आउने समस्या छ । अब दुई दिन छुट्टी भनेपछि कर्मचारी शुक्रबार चाँडो जाने र सोमबार पनि ढिलो गरि आउने प्रवृती बढ्नेछ । यसबाट सेवाग्राही थप पिडित हुने पौड्यालको तर्क छ ।
अहिलेकै अवस्थामा ५ दिनमात्रै कार्यालय खुल्दा सोमबारका दिन कार्यालयमा सेवाग्राहीको लाइन कति लामो हुन्छ होला ? भन्ने पूर्व मुख्य सचिव पौड्यालको प्रश्न छ ।
पूर्व सचिव त्रितालको प्रश्न पनि ठ्याक्कै एउटै छ, ‘दुई दिन विदा दिएपछि बाँकी ५ दिन अहिलेको प्रशासनिक संरचनाले कसरी राम्रो गर्छन ? त्यो प्रष्ट छैन । मितव्ययिता कायम गर्न यो निर्णयले केहि गर्दैन ।
यि पुर्बप्रशासकहरु आफ्नो पालामा सिन्को नभाच्ने अनि बाहिर गएपछि जे कुराको पनि बिरोध गरेपछि चर्चामा आइन्छ भनेर बिरोधको सस्कृति बिकास गरे । विश्वमा ९१% राष्ट्रले २ दिन विदा दिन्छन । ७ वटा SAARC देशमा २ दिन बिदा दिन्छन । यि देशहरु मुर्ख भएर २ दिन बिदा दिएका हुन ।