प्रशिक्षकसँग मनमुटाबपछि १० खेलाडीले छोडे राष्ट्रिय टिमको क्याम्प
काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका १० जना खेलाडीले प्रशिक्षण क्याम्प छोडेका छन् ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले क्याम्प छाडेको स्रोतले जनाएको छ ।
क्याम्प छोड्नेमा सिनियर खेलाडीहरू रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ र सुमन लामा छन् ।
गोलरक्षक तथा कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले टोलीको नेतृत्व सम्हालिरहेका थिए । त्यसबेला प्रशिक्षक अल्मुताइरी र रोहितबीच मनमुटाब भएको थियो ।
सो क्रममा प्रशिक्षकले रोहितलाई क्याम्प छोड्न भनेको बताइएको छ । रिसाएका अल्मुताइरीले इच्छा भए अरुले पनि क्याम्स छोड्सक्ने बताएका थिए । त्यसपछि नौ जनाले खेलाडीले क्याम्प छोडेका हुन् ।
यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक धारणा आएको छैन ।
अल्मुताइरीको स्पष्टोक्ति : नेपालको हैसियत एसियन कपमा छनोट हुने बनिसकेको छैन
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया