प्रशिक्षकसँग मनमुटाबपछि १० खेलाडीले छोडे राष्ट्रिय टिमको क्याम्प

काठमाडौं । एएफसी एसियन कप छनोटको तयारीमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका १० जना खेलाडीले प्रशिक्षण क्याम्प छोडेका छन् ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनीहरूले क्याम्प छाडेको स्रोतले जनाएको छ ।
क्याम्प छोड्नेमा सिनियर खेलाडीहरू रोहित चन्द, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्ती मगर, दिनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, तेज तामाङ र सुमन लामा छन् ।
गोलरक्षक तथा कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले टोलीको नेतृत्व सम्हालिरहेका थिए । त्यसबेला प्रशिक्षक अल्मुताइरी र रोहितबीच मनमुटाब भएको थियो ।
सो क्रममा प्रशिक्षकले रोहितलाई क्याम्प छोड्न भनेको बताइएको छ । रिसाएका अल्मुताइरीले इच्छा भए अरुले पनि क्याम्स छोड्सक्ने बताएका थिए । त्यसपछि नौ जनाले खेलाडीले क्याम्प छोडेका हुन् ।
यसबारे अखिल नेपाल फुटबल संघ (एन्फा)को आधिकारिक धारणा आएको छैन ।
अल्मुताइरीको स्पष्टोक्ति : नेपालको हैसियत एसियन कपमा छनोट हुने बनिसकेको छैन
ताजा अपडेट
-
बालश्रम रोक्न सामूहिक प्रयास अपरिहार्य
-
प्रधानमन्त्री ओली र संयुक्त राष्ट्र संघका महासचिव गुटेरसबीच भेटवार्ता
-
‘गोविन्दको करेली माछा, जिब्रोमै झुण्डिने स्वाद’
-
वायुसेवा निगम ६७ वर्षमा : ५० अर्ब पुग्यो ऋण दायित्व
-
एसीसी यू–१६ इस्टजोन कप :समूह चरणको अन्तिम खेलमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया