नेकपा एस र एनेकपाबीच एकता हुने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ ।
नेकपा एसले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिस्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा एसका प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।
एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा यही वैशाख १५ गते नेकपा एसको केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरिनेछ ।
नेकपा (एमाले) बाट विद्रोह गरी स्थापित भएको नेकपा एसले कम्युनिस्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ भने स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गर्दै आएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया