NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

नेकपा एस र एनेकपाबीच एकता हुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ ।

नेकपा एसले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिस्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा एसका प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।

एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा यही वैशाख १५ गते नेकपा एसको केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरिनेछ ।

नेकपा (एमाले) बाट विद्रोह गरी स्थापित भएको नेकपा एसले कम्युनिस्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ भने स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गर्दै आएको छ ।