आइपिएलमा गुजरातको सातौं जित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले सातौं जित हासिल गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदरावादलाई हराउँदै गुजरात विजयी भएको हो ।
हैदरावादले १९६ रनको लक्ष्य दिएकोमा गुजरातले अन्तिम ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
गुजरातका लागि ऋद्धिमान साहले ६८, शुभमन गिल २२ र डेभिड मिलरले १७ रनको योगदान दिए । त्यसैगरी, राहुल तेवटियाले ४० तथा राशिद खानले ३१ रनको नटआउट पारी खेले ।
पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ६ विकेट गुमाएर १९५ रन बनायो । हैदरावादका लागि अभिषेक शर्माले ६५, एडेन मार्करमले ५६ शशांक सिंहले २५ रन जोडे ।
योसँगै गुजरात ८ खेलबाट १४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिन सफल भएको छ । राजस्थान रोयल्स दोस्रो हैदराबाद तेस्रो स्थानमा छन्।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया