सुनको मूल्यमा १००० रूपैयाँको गिरावट

काठमाडाैं । आइतबारयता लगातार घटिरहेको सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
बुधबार सुनको मूल्य तीन सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । मंगलबार छापावाल सुन प्रतितोला नौ सय घटेर ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै छापावाल सुन सोमबार तीन सय रूपैयाँ र आइतबार चार सय रूपैयाँ घटेको थियो ।
बुधबार ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको तेजावी सुन बिहीबारको लागि ९७ हजार पाँच सय रूपैयाँ तोकिएको छ । बुधबार तोलामा १० रूपैयाँ घटेको चाँदी आज २० रूपैयाँ घटेको छ ।
महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ३२० रूपैयाँमा कारोबार भइरहेको हो । बुधबार चाँदी तोलामा एक हजार ३४० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया