गभर्नर अधिकारीको रिट निवेदनको सुनुवाई आज
काठमाडाैं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाई आज हुने भएको छ । गत मंगलबार सुनुवाई नसकिएपछि सो रिट निवेदनको सुनुवाई आजका लागि सरेको थियो । मंगलबार सो रिट निवेदन समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको थियो ।
न्यायाधीशहरु सपना प्रधान मल्ल तथा टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाई सुरु भएपनि समय अभावका कारण सो रिट निवेदन आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।
चैत २४ गते सरकारले गभर्नर अधिकारीमाथि गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको, सुझाव माग्दा नदिएको लगायतका आरोप लगाउँदै जाँचबुझ गर्ने निर्णय गरेको थियो । त्यसका लागि सरकारले छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका थिए ।
गभर्नर अधिकारीले गैरकानुनी रुपमा आफूमाथि छानबिन समिति गठन गरी निलम्बन गरिएको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
तर गभर्नर अधिकारीको रिट माथि सुनुवाई गर्दै सर्वोच्चले सरकारको गभर्नर अधिकारी निबलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएपछि अधिकारी राष्ट्र बैंकमा पुन: फर्किएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया