बागी उम्मेदवारी फिर्ता लिन बागमती कांग्रेसका सभापतिको आग्रह

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले सत्तारुढ पाँच दलीय गठबन्धनको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दर्ता गराउनेलाई फिर्ता लिन निर्देशन जारी गरेको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आज विज्ञप्ति जारी गर्दै सत्ता साझेदार दलका उम्मेदवारविरूद्ध दर्ता उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका हुन् ।
उनले संविधान भत्काउने, सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउने शक्तिविरूद्ध वर्तमान सत्ता साझेदार दल बनेको चर्चा गर्दै स्वतन्त्ररूपमा दर्ता भएका उम्मेदवारी फिर्ता लिएर गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन अपिल गरे ।
बागी उम्मेदवारी फिर्ता लिन कांग्रेस सभापति देउवाको आग्रह (पूर्णपाठसहित)
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया