दोहोरो अंकले घट्यो नेप्से, १ अर्ब ४९ करोड रूपैयाँको कारोबार

काठमाडाैं । साताको अन्तिम दिन बिहीबार नेप्से दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सेञ्च (नेप्स) का अनुसार आज नेप्से १९.९७ अंकले घटेर २३५६.२० विन्दुमा पुगेको छ ।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.३२ अंकले घटेर ४५०.२४ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । आज कुल २२६ कम्पनीको ४५ लाख ७४ हजार ५२० कम्पनीको सेयर खरिद बिक्री हुँदा एक अर्ब ४९ करोड ६२ लाख ४६ हजार ८०८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेको छ । आज सबैभन्दा बढी विकास बैंकको १.७७ प्रतिशतले सेयरमूल्य बढेको छ । अन्य उपसमूहममा उत्पादनको १.३४ र सामूहिक लगानी कोषको ०.१९ प्रतिशतले बढेको छ ।
बैंकिङ ०.१४, व्यापार १.४७, होटल तथा पर्यटन ०.८४, वित्त १.६९, जलविद्युत् ०.८५, लघुवित्त ०.७९, जीवन बीमा १.२२ र लगानी १.२१ अंकले घटेको छ । त्यस्तै निर्जीवन बीमा ०.३८ र अन्यको सेयर मूल्य १.४६ प्रतिशतले घटेको छ ।
आज जाल्पा लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात ९.९९ प्रतिशतले कमाएका छन् । त्यस्तै आज गुहेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । उक्त कम्पनीले ३.९७ प्रतिशतका दरले गुमाएका हुन् ।
कारोबारको आधारमा आज सबैभन्दा बढी आइएमई जनरल इन्स्योरेन्स कम्पनीले कारोबार गरेको छ । उक्त कम्पनीले आज ५ करोड २५ लाख ४९ हजार ६०३ रूपैयाँ बराबरको कारोबार गरेको छ । त्यस्तै हिमालयन डिष्टिलरी लिमिटेडले ५ करोड ६ लाख ६१ हजार २४२ रूपैयाँको कारोबार भएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया