नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा वाडइबडी जहाज अवतरण
काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक वाडडबडी जहाजको सफल अवतरण भएको छ । कपिलवस्तुको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाज (ए ३३०)को सफल अवतरण भएको हो ।
बिहीबार दिउसो काठमाडौंबाट तीन बजे उडान भर्ने भनिए पनि दुई घण्टा ढिलो गरी जहाज उडेकाे थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ बजे उडेको जहाज ५ बजेर ५५ मिनेट जाँदा भैरहवामा अवतरण गरेको थियो ।
२७४ सिट क्षमता भएको जहाज पूरा क्षमतामा उडाइएको थियो । जहाजमा पर्यटनमन्त्री प्रेम आले, सरकारी कर्मचारी, संचारकर्मीसहितका यात्रु थिए ।
नेपालमा एक विमानस्थलबाट अर्को विमानस्थलमा वाइडबडी जहाज अवतरण गरेको यो पहिलो हो । अब यो विमानस्थलमा विदेशी एयरलायन्सका जहाजहरूले उडान भर्नेछन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि विदेशी पर्यटकको संख्यामा पनि उल्लेख्य वृद्धि हुने जनाइएको छ ।
आगामी जेठ २ गते बुद्ध पूर्णिमाको दिनदेखि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया