NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

यौन दुर्व्यवहारको आरोपमा प्रश्न सोधेपछि मञ्चमै स्थापितको बबन्डर

काठमाडौं । काठमाडौंमा नेसनल कलेजले आयोजना गरेको एक कार्यक्रमा सहभागीले यौन दुर्व्यवहारको प्रश्न उठाउँदा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका केशव स्थापितले हंगामा मच्चाएका छन् ।

काठमाडौंको धुम्बाराहीस्थित कलेजलमा अभियानकर्मी भावना राउतले–तपाईंले विगतमा हामीले यति गर्यौ उति गर्यौं भनिरहनुभएको छ । तर तपाईंमाथि दुई महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । तपाईंले मेयर जितेको अवस्थामा म तपाईंको अफिस गएँ भने सुरक्षित हुन्छु कि हुन्न ? तपाईंकै उपमेयर सुनीताजी तपाईंबाट सुरक्षित हुनुहुन्छ कि हुनुहुन्न ?’ उनको प्रश्नले स्थापित अशान्त भइसकेका थिए । तर प्रश्न सोध्ने अधिकारकमी रोकिनन् । उनले थपिन– यस्तो अपराध भएको हो भने तपाईंले स्वीकार्नुपर्छ । होइन भने प्रमाणसहित आउनुपर्छ । यदि हो भने कुर्सी छोडेर जानुपर्छ ।’

त्यसपछि स्थापितमा मञ्चमा उठेर हंगामा नै मच्चाउन पुगे ।

स्थापितले जंगिदै भने ‘तपाईंलाई यस्ता प्रश्न सोध्ने कुनै हक छैन । म जत्तिको मान्छेलाई यस्तो आरोप लगाउन कुनै प्रमाण तपाईंसँग ? छ भने देखाउनुस् । नत्र पत्रिका पढेको भरमा जे पनि आरोप लगाउन पाइदैन । ।’

स्थापित यत्तिमै रोकिएनन् थप आक्रोशित हुँदै भने–‘यु आर नाइस लेडी । तर थुतुनो ठीक भएन तपाईंको ।’ प्रश्न साेध्ने सहभागी विवेकशीलकै पूर्व कार्यकर्रता भएकाे बुझिएकाे छ ।

May be an image of 4 people and people sitting

स्थापितले आक्रोशित हुँदै प्रश्न सोध्ने महिलामाथि गम्भीर टिप्पणी गरेपछि मञ्चमै रहेकी काठमाडौं मेयरकी उम्मेदवार समीक्षा बास्कोटाले महिलामाथि सभ्य भएर बोल्न भनेकी थिइन् । यौन दुर्व्यवहारको आरोप लागेपछि कानुनी उपचार खोजेर किनारा लगाइदिन पनि उनले आग्रह गरेकी थिइन् ।

काठमाडौं महानगरका पूर्व कर्मचारीद्वय रश्मिला प्रजापति र पत्रकार उज्जला महर्जनले आफूहरू स्थापितबाट यौन दुर्व्यवहारमा परेको आरोप लगाएका थिए । तर स्थापितले यसलाई अस्वीकार गर्दै आएका छन् ।

काठमाडौंको मेयरमा उम्मेदवार बनेका बालोनमाथि पनि महिलालाई सम्मान नगरी र्याप हानेको भन्दै प्रश्न उठाइएको थियो । तर उनले शान्त रुपमा प्रश्नको प्रतिवाद गरेका थिए । स्थापितलाई भने सम्झाउन रोक्न कार्यक्रम आयोजकलाई हम्मेहम्मे परेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष