माओवादीका गाउँपालिका अध्यक्ष उम्मेदवार नै एमाले प्रवेश
काठमाडौं । तीन दिनअघि तेन्जेन छेसाङ तामाङ माओवादी थिए । रसुवाको गोसाइकुण्ड गाउँपालिकाका हर्ताकर्ता उनैलाई माओवादी केन्द्रले अध्यक्षको उम्मेदवार बनाएको थियो ।
सोमबार मनोनयन दर्तापछि उनले आफूलाई जिताउन आग्रह गरेका थिए । तर त्यसको ३ दिनपछि उनी आफैं माओवादी केन्द्र परित्याग गरेर दलबलसहित नेकपा एमाले प्रवेश गरेका छन् ।
तामाङले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टी त्याग गरेर एमाले प्रवेश गरेको तथा उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् ।
गोसाइकुण्डमा एमाले, कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र, राप्रपालगायत ७ जनाले अध्यक्षमा उम्मेदवारी मनोनयन गराएका थिए । उम्मेदवारले बीचमै पार्टी बदलेपछि माओवादी केन्द्र अध्यक्षको उममेदवारविहीन भएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया