नेपालका रेडपाण्डा संरक्षणकर्मीलाई विश्वकै प्रतिष्ठित अवार्ड
काठमाडौं । नेपालका रेडपाण्डा संरक्षणकर्मी सोनाम लामाले विश्वकी प्रतिष्ठित अवार्ड पाएका छन् । लामो समयदेखि रेडपाण्डाको संरक्षण कार्यमा सक्रिय लामालाई ह्विटली फण्ड फर नेचर (डब्लुएफएन) अवार्ड दिइएको हो ।
लामा ताप्लेजुङ, यामफुदिनका स्थायीबासिन्दा हुन् । उनीसहित पाँच जना यो अवार्डबाट सम्मानित भएका छन् । लामा यो अवार्डबाट पुरस्कृत हुने दोस्रो नेपाली हुन् । यसअघि सन् २००५ मा चराविद् हेमसागर बराल पुरस्कृत भएका थिए ।
बुधबार राति आयोजित एक कार्यक्रममा उनलाई डब्लुएफएनका संरक्षक सर डेभिड एटनबर्गले अवार्ड वितरण गरे । उनले करिब ६२ लाख नेपाली रूपैयाँ नगद पनि पाएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया