नेपालका रेडपाण्डा संरक्षणकर्मीलाई विश्वकै प्रतिष्ठित अवार्ड

काठमाडौं । नेपालका रेडपाण्डा संरक्षणकर्मी सोनाम लामाले विश्वकी प्रतिष्ठित अवार्ड पाएका छन् । लामो समयदेखि रेडपाण्डाको संरक्षण कार्यमा सक्रिय लामालाई ह्विटली फण्ड फर नेचर (डब्लुएफएन) अवार्ड दिइएको हो ।
लामा ताप्लेजुङ, यामफुदिनका स्थायीबासिन्दा हुन् । उनीसहित पाँच जना यो अवार्डबाट सम्मानित भएका छन् । लामा यो अवार्डबाट पुरस्कृत हुने दोस्रो नेपाली हुन् । यसअघि सन् २००५ मा चराविद् हेमसागर बराल पुरस्कृत भएका थिए ।
बुधबार राति आयोजित एक कार्यक्रममा उनलाई डब्लुएफएनका संरक्षक सर डेभिड एटनबर्गले अवार्ड वितरण गरे । उनले करिब ६२ लाख नेपाली रूपैयाँ नगद पनि पाएका छन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया