साताको अन्तिम दिन सुनको मूल्य १२०० रूपैयाँले उकालो, चाँदी स्थिर
काठमाडाैं । आइतबारदेखि बिहीबारसम्म घटेको सुनको मूल्य साताको अन्तिम दिन शुक्रबार भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य एक हजार २ सय रूपैयाँ बढेर ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
बिहीबार छापावल सुन तोलामा एक हजार रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । बुधबार सुनको मूल्य तीन सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । मंगलबार छापावाल सुन प्रतितोला नौ सय घटेर ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै छापावाल सुन सोमबार तीन सय रूपैयाँ र आइतबार चार सय रूपैयाँ घटेको थियो ।
बिहीबार ९७ हजार पाँच सय रूपैयाँ तोकिएको तेजावी सुन शुक्रबारको लागि ९८ हजार ७ सय रूपैयाँ कायम गरिएको छ । बिहीबार तोलामा २० रूपैयाँ घटेको चाँदी स्थिर छ । शुक्रबार चाँदी बिहीबारकै मूल्य अर्थात एक हजार ३२० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया