गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा ‘बाँध मायाले’ सार्वजनिक
काठमाडाैं । गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा समावेश ‘बाँध मायाले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावलाई समेटिएको यस गीतमा ताराप्रकाश लिम्बूको शब्द संगीत छ ।
गीतलाई सविन लिम्बूले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा स्वयं गायक तामाङ र विमला खाजुमलाई रोमाञ्चक मुद्रामा देख्न सकिन्छ ।
‘बहकिँदै छ मन बाँध मायाले’, ‘सम्हाल यो मन’, ‘चाहना छ तिम्रै हुने, एक जुनी होइन, अनेकौँ जुनी’ लगायत बोलका गीत समावेश गरिएको छ । भूपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन र सम्पादनमा भिडियो तयार पारिएको हो ।
ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो । यसअघि गायक तामाङको स्वरमा रहेको ‘हेर्देउन मायाले’ लगायत थुप्रै चर्चित गीतहरु सार्वजनिक भइसकेका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया