आजबाट नेपाली चलचित्र ‘मन्त्र’ प्रदर्शनमा
काठमाडौं । आजदेखि नेपाली चलचित्र ‘मन्त्र’ देशभर प्रदर्शनमा आएको छ । उक्त चलचित्रमा सौगात मल्ल, दीया पुन र बुिद्ध तामाङको प्रमुख भुमिका रहेको छ ।
गोर्खा सिरानचोक एण्ड लिगलिग कोट फिल्मस्को ब्यानरमा बनेको उक्त चलचित्र खिल बहादुर गुरुङले निर्देशन गरेका छन । सो चलचित्र सुरेश कार्की, रविराज कार्की र सुभ क्षेष्ठले निमाण गरेका हुन् । त्यस्तै चलचित्रका कार्याकारी निमार्ता देवेन्द्र मान्धर रहेका छन् ।
बुधबार राजधानीमा आयोजित उक्त चलचित्रको प्रिमियरमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईकोसमेत उपस्थिति रहेको थियो । हिमाली क्षेत्रको सुन्दर दृश्य कैद गरेको सिनेमा एउटा अर्गानिक नेपाली सिनेमा रहेको निर्माण टिमले बताएको छ । साथै उक्त सिनेमा गोरखाको मनास्लु क्षेत्र आसपासको कथावस्तुलाई आधार बनाएर बनाइएको टिमले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया