NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

मेगा बैंकद्वारा नेपाल प्रहरीलाई २ हजार थान पकेट बुक सहयोग

काठमाडाैं । मेगा बैंकले लिमिटेडले नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको  जनाएको छ ।

मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चैलागाइँले महानगरीय प्रहरी परिसर टेकुलाई नोट बुक हस्तान्तरण गरे । स्थानीय तह निर्वाचन २०७९ लाइ लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भनेर नोट बुक सहयोग गरेको उनले बताए ।

उक्त नोट बुक सुरक्षा मार्ग निर्देशनसहित पकेट तयार गरिएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत  विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।