मेगा बैंकद्वारा नेपाल प्रहरीलाई २ हजार थान पकेट बुक सहयोग
काठमाडाैं । मेगा बैंकले लिमिटेडले नेपाल प्रहरीलाई दुई हजार थान पकेट नोट बुक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।
मेगा बैंकका कुलेश्वर शाखा प्रबन्धक सुनिल चैलागाइँले महानगरीय प्रहरी परिसर टेकुलाई नोट बुक हस्तान्तरण गरे । स्थानीय तह निर्वाचन २०७९ लाइ लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भनेर नोट बुक सहयोग गरेको उनले बताए ।
उक्त नोट बुक सुरक्षा मार्ग निर्देशनसहित पकेट तयार गरिएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया