सुनको मूल्य सामान्य घट्यो
काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा २ सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य एक हजार २ सय रूपैयाँ बढेर ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा २० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार चाँदी तोलामा एक हजार एक हजार ३२० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया