सुनको मूल्य सामान्य घट्यो

काठमाडाैं । साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य तोलामा २ सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य एक हजार २ सय रूपैयाँ बढेर ९९ हजार २ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुन प्रतितोला ९८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा २० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार चाँदी तोलामा एक हजार एक हजार ३२० रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया