मेलम्चीको १७ करोड लिटर पानी आजबाट वितरण हुने
काठमाडाैं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने केयुकेएलले जनाएको हो ।
मेलम्चीको १७ करोड लिटर पानी थपिएसँगै अब उपत्यकामा २७ करोड लिटर पानी वितरण हुने केयुकेएलले जनाएको छ ।
गत वैशाख ११ गते मिनभवनबाट मेलम्चीको पानी आंशिक रूपले वितरण सुरु भएको थियो । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने भएको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया