NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

मेलम्चीको १७ करोड लिटर पानी आजबाट वितरण हुने

काठमाडाैं ।  काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले आजदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण गर्ने भएको छ । मेलम्ची आयोजनाबाट आउने १७ करोड लिटर पानी आइतबार दिउँसोदेखि वितरण प्रणालीमा पठाइने केयुकेएलले जनाएको हो ।

मेलम्चीको १७ करोड लिटर पानी थपिएसँगै अब उपत्यकामा २७ करोड लिटर पानी वितरण हुने केयुकेएलले जनाएको छ ।

गत वैशाख ११ गते मिनभवनबाट मेलम्चीको पानी आंशिक रूपले वितरण सुरु भएको थियो । वितरण प्रणालीमा १७ करोड लिटर पानी पठाएसँगै अब बाँकी क्षेत्रमा पनि वितरण सुरु हुने भएको हो ।

 

ताजा अपडेट

नेपालवाच विशेष