NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

रियलले जित्यो ३५ औँ ला लिगा उपाधि, कतिपटक जितेको छ बार्सिलोनाले ?

काठमाडौं । रियल म्याड्रिडले ३५ औँ स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।

गएराति भएको खेलमा स्पानियोललाई ४–० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।

रियलले लिगमा चार खेल बाँकी छँदै उपाधि जितेको हो ।

घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई, माक्रो एसेन्सियो र करिम बेन्जेमाले एक–एक गोल गरे ।

Marco Asensio and Mariano

उपाधि विजेता रियलले ३४ खेलमा ८१ अंक जोडेको छ ।

रियल दोस्रो स्थानको सेभियाभन्दा १७ अंकले अघि रहेको छ ।

हार ब्यहोरेको स्पानियोल ३९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

३५ पटक उपाधि जितिसकेको रियल ला लिगाको सर्वाधिक विजेता हो । दोस्रो स्थानमा भने चिरपरिचित प्रतिद्धन्द्धी बार्सिलोना छ ।

La Liga Table 2021-22 - La Liga Standings & Points Table

बार्सिलोनाले रियलभन्दा नौपटक कम अर्थात २६ पटक जितेको छ ।

यस्तै, तेस्रो सर्वाधिक जित्नेमा एट्लेटिको म्याड्रिड छ । उसले ११ पटक ला लिगाको उपाधि जितेको छ ।

यसैगरी, चौथो सर्वाधिक जित्नेको स्थानमा रहेको एथ्लेटिक बिल्बाओले आठ तथा पाचौंमा रहेको भ्यालेन्सियाले ६ पटक जितेको छ ।

त्यस्तै, रियल सोसिडाडले दुईपटक तथा डिर्पोटिभो ला कोरुना, सेभिल्ला र रियल बेटिसले एक–एक पटक उपाधि जितेका छन् ।

हेरौं तालिका :