रियलले जित्यो ३५ औँ ला लिगा उपाधि, कतिपटक जितेको छ बार्सिलोनाले ?
काठमाडौं । रियल म्याड्रिडले ३५ औँ स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।
गएराति भएको खेलमा स्पानियोललाई ४–० गोल अन्तरले हराउँदै रियलले उपाधि जितेको हो ।
रियलले लिगमा चार खेल बाँकी छँदै उपाधि जितेको हो ।
घरेलु मैदानमा रियललाई जित दिलाउन रोड्रिगोले दुई, माक्रो एसेन्सियो र करिम बेन्जेमाले एक–एक गोल गरे ।

उपाधि विजेता रियलले ३४ खेलमा ८१ अंक जोडेको छ ।
रियल दोस्रो स्थानको सेभियाभन्दा १७ अंकले अघि रहेको छ ।
हार ब्यहोरेको स्पानियोल ३९ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
३५ पटक उपाधि जितिसकेको रियल ला लिगाको सर्वाधिक विजेता हो । दोस्रो स्थानमा भने चिरपरिचित प्रतिद्धन्द्धी बार्सिलोना छ ।

बार्सिलोनाले रियलभन्दा नौपटक कम अर्थात २६ पटक जितेको छ ।
यस्तै, तेस्रो सर्वाधिक जित्नेमा एट्लेटिको म्याड्रिड छ । उसले ११ पटक ला लिगाको उपाधि जितेको छ ।
यसैगरी, चौथो सर्वाधिक जित्नेको स्थानमा रहेको एथ्लेटिक बिल्बाओले आठ तथा पाचौंमा रहेको भ्यालेन्सियाले ६ पटक जितेको छ ।
त्यस्तै, रियल सोसिडाडले दुईपटक तथा डिर्पोटिभो ला कोरुना, सेभिल्ला र रियल बेटिसले एक–एक पटक उपाधि जितेका छन् ।
हेरौं तालिका :

ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया