चीनमा कोरोना : नेगेटिभ रिपोर्टविना सार्वजनिक ठाउँमा जान निषेध
बेइजिङ । चीनमा कोरोना भाइरस संक्रमण निरन्तर बढिरहेको छ । सांघाईमा पाँच साता लकडाउनका बावजुद पनि कोरोना संक्रमण घटिरहेको छैन । यसैबीच बेइजिङमा बस्ने मानिसहरुलाई सार्वजनिक स्थानमा निस्किन कडा नियम लागू गरिएको छ ।
बेइजिङको कुनै पनि सार्वजनिक स्थानमा प्रवेश गर्नुभन्दा पहिला कोरोना भाइरस परीक्षणको नकारात्मक रिपोर्ट देखाउनुपर्छ । यो नियम कहिलेसम्म लागू हुन्छ भन्ने बारे कुनै जानकारी दिइएको छैन ।
सार्वजनिक यातायातमा चढ्न पनि नकारात्मक परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छ । विश्वका अन्य देशको तुलनामा चीन शुन्य कोभिड नीति बनाएर काम गरिरहेको छ । चीनले भाइरसलाई पूर्ण नियन्त्रण गर्ने प्रयास गरे पनि सफल हुन सकेको छैन ।
देशमा २२ अप्रिलदेखि अहिलेसम्म २८५ नयाँ संक्रमित भेटिएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया