निर्वाचनबारे टिकटक बनाएर ५० लाख भ्यूज पुर्याउनेलाई ५० हजार पुरस्कार

काठमाडौं । निर्वाचन आयोगले निर्वाचनबारे टिकटक बनाएर ५० लाख भ्यूज पुयाउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । आयोगले उक्त टिकटक आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोको नै स्वरुपमा बनाउनु पर्ने जनाएको छ ।
आयोगका अनुसार ३० लाख भ्यूज पुर्याउनेलाई ३० हजार रुपैयाँ र २० लाख भ्युज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिइने छ । उक्त टिकटक आउँदो वैशाख २९ गतेभित्र टिकटक, फेसबुक, युटयुबलगायतका सामजिक सञ्जालमा पोष्ट तथा सेयर गर्नुपर्ने आयोगले जनाएको छ ।
प्रतिक्रिया