एनआरएनए स्वास्थ्य समितिमा डा. सापकोटा
गैरआवासीय नेपाली संघ (एनआरएनए), स्वास्थ्य समितिका संयोजकमा डा. सञ्जीव सापकोटा मनोनीत भएका छन् । एनआरएनएको शनिबार बसेको ८५ औंँ बैठकले डा. सापकोटालाई सो समितिका संयोजकमा पुनः चयन गरेको हो ।
ग्लोबल नेपाली हेल्थ एक्स्पर्ट डा सापकोटा कोरोना महामारीमा विदेशमा रहेका नेपालीको तथ्यांक संकलन तथा स्वास्थ्यसम्बन्धी जनचेतना कार्यमा संलग्न भइसकेका छन् । उनीसँग विश्व स्वास्थ्य संगठनलगायत विभिन्न सरकारी जनस्वास्थ्य निकायमा जनस्वास्थ्य विशेषज्ञ, मेडिकल इपिडिमियोलोजिस्ट, अनुसन्धान वैज्ञानिक, परियोजना प्रबन्धक, वरिष्ठ तथ्यांक विश्लेषक, सञ्चार विशेषज्ञलगायत विभिन्न पदमा जनस्वास्थ्य र स्वास्थ्य सेवामा करिब २० वर्ष काम गरेको अनुभव रहेको एनआरएन सञ्चारकर्मी चिरन शर्माले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया