अमेरिकी राज्य न्यु मेक्सिकोमा भीषण डढेलो
वाशिंटन । अमेरिकाको न्यु मेक्सिको राज्यमा भीषण डढेलो फैलिँदै गएको छ । यसअघि नै ९७ हजार एकड क्षेत्रफलमा डढेलो फैलिसकेको राज्यका अग्नि अधिकारीहरूले बताएका छन् ।
सो क्षेत्रभरि हावाको गतिले तीव्र गतिमा आगो लस-भेगासतर्फ पूर्व र ग्यालिनास क्यान्यनमा दक्षिणतिर फैलिएको थियो ।
हावाको तीव्र प्रवाहले आगलागी अनुमानभन्दा छिटो भइरहेको बताइएको छ । ‘यो तीव्रता आज पनि जारी रहनेछ,’ सान्ता फे नेसनल फरेस्टका आगो प्रबन्धकहरूले काफ क्यान्यन र हर्मिट्स पीकमा शनिबार उल्लेख गरेका छन् ।
डढेलोले ९७ हजार ६४ एकड जमिन जलेको बताइएको छ ।
विगत २४ घण्टामा ३० हजार एकड क्षेत्रफलमा फैलिएको आगो नियन्त्रणमा ल्याउन अहिले १ हजार २० जना अग्निनियन्त्रक आगो निभाउने काममा जुटेका छन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार न्यु मेक्सिकोका केही भागमा मानिसहरूलाई सम्भावित खतरनाक ठाउँ छाेड्न आदेश जारी गरिएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया