NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

देशभर कांग्रेसका ३० हजार ६२८ उम्मेदवार, कुन पदमा कति ?

काठमाडौं । देशभरका ७ सय ५३ स्थानीय तहका ३५ हजार २२१ पदमा हुने स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट प्रायः सबै पदमा उम्मेद्वारी परेको नेपाली कांग्रेसले जनाएको छ ।

देशभर कांग्रेसको तर्फबाट ३० हजार ६२८ जना उम्मेदवार कायम रहेको पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित पत्रकार सम्मेलनमा चुनाव प्रचार प्रसार समितिका अध्यक्षसमेत रहेका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

जसमध्ये, महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको प्रमुख (मेयर)मा जम्म २६५ जनाले उम्मेदवारी दिएका थिए । बागी उम्मेदवार उठेका तीन जनाले उम्मेदवारी फिर्ता लिएपछि हाल २६२ कायम रहेको कांग्रेसले जनाएको छ ।

यस्तै, उपप्रमुखका २११ जनाले उम्मेदवारी दिएकोमा १७ जनाले फिर्ता लिएपछि हाल १९४ जना कायम भएको छ ।

यसैगरी, गाउँपालिकाको अध्यक्षमा ३८२ जनाले उम्मेदवारी दिएका थिए । १० जनाले फिर्ता लिएपछि हाल ३७२ जना कायम रहेको कांग्रेसले जनाएको छ ।

त्यस्तै, गाउँपालिका उपाध्यक्षमा ३५९ ले उम्मेदवारी दिएकोमा १९ ले फिर्ता लिएपछि ३४० कायम रहेको पाइएको छ ।

त्यसैगरी, वडाध्यक्षतर्फ ६ हजार १३२ जनाले उम्मेदवारी दिएको पत्रकार सम्मेलनपछि कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तीमध्ये ८९ जनाले फिर्ता लिएपछि हाल ६ हजार ४३ कायम भएको पाइएको छ ।

यस्तै, महिला सदस्य मा ६ हजार ३७ जनाले उम्मेदवारी दिएकनोमा ९९ जनाले फिर्ता लिएका छन् । हाल कायम पाँच हजार ९३८ रहेको छ ।

यसैगरी, दलित महिला सदस्यमा पाँच हजार ८०३ जनाको उम्मेदवारी परेकोमा ११२ ले फिर्ता लिएपछि पाँच हजार ६९१ यथावत रहेको छ ।

त्यस्तै, वडा सदस्यमा १२ हजार ६२ ले उम्मेदवारी दिएका छन् । जसमध्ये २७४ ले फिर्ता लिएपछि ११ हजार ७८८ कायम रहेको छ ।

कुल उम्मेदवारी दिएका ३१ हजार २५१ मध्ये ६२३ ले फिर्ता लिएपछि ३० हजार ६२८ कायम रहेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ ।

‘कांग्रेसका आधिकारिक उम्मेदवार तथा हाम्रो नेतृत्वको गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनुहुने अधिकांश साथीले उम्मेदवारी फिर्ता लिनुभएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘ ‘फिर्ता नलिनेका हकमा उम्मेदवारसहित निजका प्रस्तावक र समर्थकहरुको पार्टी सदस्यता कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४(१३)(ग) बमोजिम समाप्त भई स्वतः पार्टीबाट निष्किाशन हुने प्रावधान क्रियाशील भएको छ ।’

हेरौं विज्ञप्ति :

No photo description available.May be an image of textMay be an image of tree and text

गृहमन्त्री खाँणको नजर वरीयतातिर, प्रधानमन्त्री देउवाको सुदूरपश्चिमतिर