NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

महासचिवका प्रतिस्पर्धी किन देखिए एकैठाउँ ?

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महासचिव पद अहिले खाली छ । झण्डै ६ महिनाअघि भएको महाधिवेशनमा सबै पदमा सहमति भए पनि महासचिवमा हुन सकेन । नेताहरू वर्षमान पुन र जनार्दन शर्माबीच टक्कर भएपछि सहमति हुन नसकेको हो ।

उनै दुई प्रतिस्पर्धी नेता आज सौहार्दपूर्ण वातावरणमा एकैठाउँ भेटिएका छन् । उनीहरू सिंहदरबारनजिकै रहेको बसेरा होटेलमा खाजा खाँदै देखिएका हुन् ।

भेटको तस्बिर नेता पुनका स्वकीय सचिव सन्तोष पुनले सामाजिक सञ्जालमा राखेका हुन् ।

बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफलका क्रममा नेता पुन र शर्माबीच भेट भएको उनीहरूनिकट स्रोतले जनाएको छ ।