महासचिवका प्रतिस्पर्धी किन देखिए एकैठाउँ ?
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को महासचिव पद अहिले खाली छ । झण्डै ६ महिनाअघि भएको महाधिवेशनमा सबै पदमा सहमति भए पनि महासचिवमा हुन सकेन । नेताहरू वर्षमान पुन र जनार्दन शर्माबीच टक्कर भएपछि सहमति हुन नसकेको हो ।
उनै दुई प्रतिस्पर्धी नेता आज सौहार्दपूर्ण वातावरणमा एकैठाउँ भेटिएका छन् । उनीहरू सिंहदरबारनजिकै रहेको बसेरा होटेलमा खाजा खाँदै देखिएका हुन् ।
भेटको तस्बिर नेता पुनका स्वकीय सचिव सन्तोष पुनले सामाजिक सञ्जालमा राखेका हुन् ।
बजेट निर्माणबारे पूर्वअर्थमन्त्रीहरूसँग छलफलका क्रममा नेता पुन र शर्माबीच भेट भएको उनीहरूनिकट स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया