NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

बेलायती प्रधानमन्त्री जोन्सनको लोकप्रियतामा गिरावट

लन्डन । कोरोना महामारीका बेला भएको लकडाउनमा मदिरा पार्टी गरेको भन्दै विवादित बनेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनको लोकप्रियता घटेको छ । आइतबार गरेको सर्वेक्षणको नतिजाअनुसार लेबर पार्टीका नेता केइया स्टाररले उनलाई पछि पारेका छन् ।

सर्वेक्षणमा जोनसनलाई ४३ प्रतिशत जनताको समर्थन मिलेको छ भने स्टाररलाई ५७ प्रतिशत जनताको समर्थन प्राप्त भएको छ । सर्वेक्षणमा सहभागी ४७ प्रतिशतले जोनसनले राजीनामा दिनुपर्ने बताएका छन् । पार्टीको घोटालासँगै महँगी बढेका कारण पनि जनता प्रधानमन्त्रीप्रति आक्रोश देखिएको छ ।

यद्यपि, रुस-युक्रेन युद्धमा बेलायतको अडानले जोन्सनले ५५ प्रतिशत समर्थन प्राप्त गरेका थिए । श्रमिक नेता स्टाररले सर्वेक्षणमा जनताको समर्थन पाइरहेका छन्, तर ४८ प्रतिशतले भने स्टाररले आर्थिक मार्गचित्र पनि उपलब्ध गराउनु पर्ने बताएका छन् ।

अहिले उनी जोन्सनको कन्जरभेटिभ पार्टीको आलोचना गरिरहेका छन् । जोनसनले कोरोना अवधिमा लकडाउनको समयमा डाउनिङ स्ट्रिटमा पार्टी गरेको आरोप छ । यसबारे जोनसन भन्छन्, ‘मलाई पार्टीले लकडाउन उल्लंघन गर्छ भनेर कसैले भनेनन् ।’ जोनसनले गत वर्ष रानी एलिजाबेथका पति, प्रिन्स फिलिपको अन्त्येष्टि अघि वाइन पार्टी गरेका थिए ।

यो खुलासा भएपछि पनि उनले निकै आलोचनाको सामना गर्नु परेको थियो । यो खुलासा भएपछि जोनसनले एक मिडिया अन्तर्वार्तामा महारानी एलिजाबेथसँग माफी मागेका थिए । बेलायती प्रधानमन्त्रीले एक अन्तर्वार्तामा आफूले गरेको कामबाट लज्जित भएको बताएका थिए ।

उनले भनेका थिए, ‘हामी यस कार्यको लागि रानी र बेलायतका जनतासँग माफी चाहन्छौं ।’