सुनको मूल्य ८०० रूपैयाँ घट्यो
काठमाडाैं । साताको पहिलो दिन आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । सोमबार सुनको मूल्य ८ सय रूपैयाँ घटेर ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार सुनको मूल्य २ सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २९० रूपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी तोलामा एक हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया