सुनको मूल्य ८०० रूपैयाँ घट्यो
काठमाडाैं । साताको पहिलो दिन आइतबार घटेको सुनको मूल्य सोमबार पनि घटेको छ । सोमबार सुनको मूल्य ८ सय रूपैयाँ घटेर ९८ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार सुनको मूल्य २ सय रूपैयाँ घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन प्रतितोला ९७ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला ९८ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी तोलामा १० रूपैयाँ घटेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २९० रूपैयाँमा कारोबार भइरहेको हो । आइतबार चाँदी तोलामा एक हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया