NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

राप्रपाबिना अब मुलुकको राजनीति अगाडि बढ्दैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ले ठूला भनिएका पार्टीलाई राप्रपाले चुनौती दिने दावी गरेका छन् । गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई सम्बोधन गर्दै लिङ्देनले आफ्नो पार्टी राजनीतिक शक्तिका रूपमा उदाएको दावी गरेका हुन् ।

उनले राप्रपालाई बाइपास गरेर अब राष्ट्रिय राजनीतिमा शक्ति सन्तुलन नहुने जिकिर गरे । नेताहरूले राजनीतिलाई पेशा भन्दा पनि सेवाको रुपमा देश विकास गर्नुपर्ने उनले बताए । जनप्रतिनिधिले भ्रष्टाचार गरिएको पाए राप्रपाले कारवाही गर्ने लिङ्देनले चेतावनी दिए ।

गत निर्वाचनमा राप्रपाले जितेको कवनकचमा राप्रपाले शक्ति प्रदर्शनसहित आमसभा गरेको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष