NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १४ गते

एलन मस्कले ट्वीटरमा के के परिवर्तन गर्न सक्छन् ?

काठमाडौं । एलन मस्क र ट्वीटरबीचको प्रस्तावित ४४ अर्ब डलरको सम्झौता पुरा भएपछि मस्कसँग ट्वीटरलाई रुपान्तरण गर्ने आफ्नै योजना छ ।

मस्कको योजना के छ भन्ने बारे पूर्ण रुपमा सार्वजनिक भएको छैन तर एलन मस्कको ट्वीटर आगामी दिनमा कस्तो हुनेछ र यसमा सम्भावित परिवर्तनहरु के हुनेछन् भन्ने बारे अनुमान गर्न थालिएकाे छ । ट्वीटरमा त्यस्ता केही विषय छन्, जुन मस्कको आगमनसँगै परिवर्तन हुने विश्वास गरिन्छ ।

एलन मस्कले आफ्नो पुरानो र नयाँ ट्वीटहरूमा धेरै पटक स्वतन्त्र अभिव्यक्ति दोहोर्याउँदै आएका छन् । यो उनको सबैभन्दा महत्त्वपूर्ण प्राथमिकतामध्ये एक हुने विश्वास छ ।

प्रत्येक देशको कानुनअन्तर्गत सम्भव भएसम्म धेरै स्वतन्त्र अभिव्यक्तिको लागि अनुमति दिने, संसारभरि अर्थपूर्ण बहस सुरु गर्न ट्वीटरलाई राजनीतिक रूपमा निष्पक्ष डिजिटल टाउन स्क्वायर बनाउन चाहन्छन् ।

मस्कको एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्समा लामो समयदेखि रुचि छ, एल्गोरिदम पनि यस सम्झौतामा ठूलो मुद्दा बनेको छ । उनी जनतामा विश्वास निर्माण गर्ने एल्गोरिदमको ओपेन सोर्स राख्न चाहन्छन् ।

साथै, ट्वीटरका सामाग्रीहरुको श्रेणी निर्धारण गरेर प्रयोगकर्ताहरुको फिडमा के देखिन्छ भन्ने निश्चित गर्ने प्रणालीबारे पनि मस्कले विचार गरिरहेका छन् ।

‘स्पाम बटहरु’ मस्कको लागि व्यक्तिगत समस्या भएको छ, धेरै ट्वीटर खाताहरूले मस्कको तस्बिर र नाम प्रयोग गरेर विगतमा मस्कको नाम जाेडेर क्रिप्टोकरेन्सीकाे प्रवर्द्धन गर्न प्रयोग गरेका थिए ।

मस्कको आगमनसँगै ट्वीटरमा त्यस्ता बटहरूमा पनि कारबाही हुने अपेक्षा गरिएको छ ।