कर घटाएर दायरा बढाउने कोइरालाको प्रतिबद्धता
काठमाडाैं । नेपाली कांग्रेसले विराटनगरका उद्योगी व्यवसायीसँग चुनावी रणनीति र तयारीबारे छलफफल गरेको छ । कांग्रेसबाट विराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार नागेश कोइरालाले चुनावी अवस्था र विराटनगरको आर्थिक तथा औद्योगिक विकासका विषयमा केन्द्रित भई छलफल गरिएको बताए ।
उनले करको दर घटाइ दायरा फराकिलो बनाउने विषयमा सुझाव मागेका थिए । करको दायरा बढाउने र कर घटाउने विषयमा आफू प्रष्ट भएको भन्दै उनले भने, ‘म भ्रष्टाचार गर्दिन । अरुलाई पनि गर्न दिन्न ।’
कोइरालाले सडक निर्माण, शुद्ध पिउने पानीको व्यवस्था र विराटनगरको दीर्घकालीन सरसफाइ आफ्नो प्राथमिकताका कार्यक्रम रहेको उल्लेख गरे । कर वृद्धिले मुलुकको अर्थतन्त्रमा पारेको समस्याबारे उद्योगी एवं व्यवसायीले आ-आफ्नो धारणा राखेका थिए ।
छलफल कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइराला, विमलेन्द्र निधि र महेश आचार्य पनि सहभागी थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया