NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

एउटै कम्पनीमा ८४ वर्षसम्म काम गरेर विश्व रेकर्ड राखे वाल्टरले

ब्राजिलिया । ब्राजिलका १ सय वर्ष पुगेका वाल्टर ओर्थम्यानले ८४ वर्षदेखि एउटै कम्पनीमा काम गरेर विश्व रेकर्ड राखेका छन् । सन् १९३८ देखि रेनक्स एस ए कपडा कम्पनीमा काम गरेका ओर्थम्यानले गिनिज बुक अफ द वल्ड रेकर्ड राखेका हुन् ।

ओर्थम्यानले १७ जनवरी १९३८ मा बु्रस्कको कपडा कम्पनीमा काम गर्न सुरु गर्दा उनी केवल १५ वर्षका थिए ।

उनले ढुवानी विभागमा सहायकको रूपमा काम सुरु गरेका थिए तर वर्षौंपछि उनी प्रशासनिक सहायकमा बढुवा भए । आफ्नो ८४ वर्ष लामो करिअरको क्रममा उनले कपडा बिक्रीका क्रममा विश्वभर यात्रा गरेका छन् ।

उसले ब्राजिलको उड्डयनको इतिहासमा लगभग हरेक व्यावसायिक एयरलाइन्सको पनि प्रयोग गरेका छन् ।

सन् २०२२ को फेबु्रअरीमा वाल्टर ओर्थम्यानलाई आधिकारिक रुपमा एउटै कम्पनीमा सबैभन्दा लामो करिअर ८४ वर्ष ९ दिन भएकोमा गिनीज बुक अफ रेकर्डमा समावेश गरिएको थियो ।

अप्रिल १९ मा उनी १०० वर्ष पुरा भए पनि आफूले काम गरिरहेको कम्पनीबाट अवकाश लिने उनको योजना छैन ।