एउटै कम्पनीमा ८४ वर्षसम्म काम गरेर विश्व रेकर्ड राखे वाल्टरले
ब्राजिलिया । ब्राजिलका १ सय वर्ष पुगेका वाल्टर ओर्थम्यानले ८४ वर्षदेखि एउटै कम्पनीमा काम गरेर विश्व रेकर्ड राखेका छन् । सन् १९३८ देखि रेनक्स एस ए कपडा कम्पनीमा काम गरेका ओर्थम्यानले गिनिज बुक अफ द वल्ड रेकर्ड राखेका हुन् ।
ओर्थम्यानले १७ जनवरी १९३८ मा बु्रस्कको कपडा कम्पनीमा काम गर्न सुरु गर्दा उनी केवल १५ वर्षका थिए ।
उनले ढुवानी विभागमा सहायकको रूपमा काम सुरु गरेका थिए तर वर्षौंपछि उनी प्रशासनिक सहायकमा बढुवा भए । आफ्नो ८४ वर्ष लामो करिअरको क्रममा उनले कपडा बिक्रीका क्रममा विश्वभर यात्रा गरेका छन् ।
उसले ब्राजिलको उड्डयनको इतिहासमा लगभग हरेक व्यावसायिक एयरलाइन्सको पनि प्रयोग गरेका छन् ।
सन् २०२२ को फेबु्रअरीमा वाल्टर ओर्थम्यानलाई आधिकारिक रुपमा एउटै कम्पनीमा सबैभन्दा लामो करिअर ८४ वर्ष ९ दिन भएकोमा गिनीज बुक अफ रेकर्डमा समावेश गरिएको थियो ।
अप्रिल १९ मा उनी १०० वर्ष पुरा भए पनि आफूले काम गरिरहेको कम्पनीबाट अवकाश लिने उनको योजना छैन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया