चितवन राष्ट्रिय निकुञ्जमा गोहीका ५१९ अण्डा संकलन

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गोहीका ५१९ अण्डा संकलन गरिएको छ । निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीबाट घडियाल गोहीका ५१९ बटा अण्डा संकलन गरिएको हो ।
उक्त नदीको किनारमा भेटिएको १६ वटा गुडबाट अण्डा संकलन गरिएको निकुञ्जका गोही प्रजनन केन्द्र हेर्दै आएका सरोजमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार राप्तीका १० गुड र नारायणीका ६ गडुबाट अण्डा संकलन गरिएको तथा उक्त दुई नदीमा भेटिएका मध्ये आठ वटा गुडका अण्डा नल्याइएको उनले बताए ।
उक्त नदीबाट गत वर्ष चार सय ३६ वटा अण्डा ल्याइएको र सो अण्डाबाट गोहीले दुई सय ५८ वटा बच्चा कोरलिएको पौडेलले उल्लेख गरे । विगत दुई वर्षदेखि प्रजनन केन्द्रमा गोहीले पारेको अण्डाबाट बच्चा नकोरलिएको उनले बताए । यँहा ०३५, ०३६ र ०६७ सालका एक भाले र १२ वटा पोथी गोही रहेको तथा त्यस पछिका साना र ठूला गरी पाँच सय ३१ वटा गोही रहेका उनले जानकारी गराए ।
पौडेलले प्रजनन केन्द्रमा भाले गोही बुढो भएको कारण बच्चा नकोरलिएको अनुमान गरेका छन् । त्यस्तै उनले अन्य गोही साना भएकाले भाले वा पोथी पहिचान गर्न नसकेकोसमेत जनाएका छन् । उनले राप्ती तथा नारायणी नदीमा पाँच वटा भाले गाही देखिएको बताए । साथै उनले राप्ती तथा नारायणीमा अण्डा संकलन गरी बच्चा कोरलेर हुर्काएपश्चात नदीमै पुन नदीमै छाड्ने गरिएको उल्लेख गरे ।
हालसम्म राप्ती, नारायणी, कोसी र बबई नदीमा एक हजार ६ सय ९२ गोही छाडिसकेको उनले जानकारी दिए । त्यस्तै निकुञ्जले वि.स २०३५ सालमा गोही प्रजनन केन्द्र स्थापना गरी प्रजनन केन्द्रमा हुर्काइएका गोहीका बच्चा नदीमा नै छाड्दै आएको छ ।
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया