क्रेडिट कार्डबाट अब बढीमा १० प्रतिशत मात्रै नगद झिक्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट हुने कारोबारमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै क्रेडिट कार्डबाट हुने कारोबारमा कडाइ गरेको हो ।
राष्ट्र बैंकका अनुसार क्रेडिट कार्डबाट कारोबार गर्दा अत्यावश्यक भएको अवस्थामा कार्डको स्वीकृत सीमाको १० प्रतिशत नगद झिक्न पाइनेछ । यस्तै क्रेडिट कार्डमार्फत् वालेटमा लोड गरिएको रकम वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्रै प्रयोग गर्नुपर्ने छ ।
उक्त रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने अवस्थामा सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले गर्नुपर्ने छ । विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रुपमा प्रयोजन खुलाउनुपर्न व्यवस्था गर्नुपर्ने छ ।
ताजा अपडेट
-
बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार
-
निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : डा. शेखर कोइराला
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
प्रतिक्रिया