जीउ दुख्नेहरूले थाहा पाउनुस्, ढाड र जोर्नी मजवुद बनाउने त्रीकोणासन
काठमाडाैँ । योग र साधना हाम्रो स्वाथ्यको लागि महत्वपूर्ण छन् । यसले मानिसलाई हरेक रोगबाट मुक्ति दिनसक्छ । हाम्राे शरिरलाई स्वाथ्य राख्न त्रीकोणासन पनि एकदमै फलदायी योगासन हो ।
यो योगबाट हाम्रो शरिरमा हुने विभिन्न रोगहरुको समाधान हुनसक्छ । त्रीकोणासनलाई नै बटारेर गरिने भएकोले यो अभ्यासको नाम परिबृत्त त्रीकोणसन भनिएको हो । यो अभ्यास उच्च रक्तचाप भएकाहरुले नगर्दा राम्रो । पेट्को समस्या छ भने सोचबिचार गरेर मात्र गर्नुहोला वा बिशेषज्ञको सहयोगमा मात्र गर्नुपर्छ ।
परिबृत्त त्रीकोणसनका फाइदाहरु र याे गर्ने तरिकाबारे योग प्रशिक्षक दिपक नेपाल भन्छन्, सबैभन्दा पहिले योग गुन्द्रीमा आरामसँग बस्नुहोस त्यसपछि गर्न लागिएको आसनको चित्र दिमागमा विस्तारै लिएर आउनुहोस ।
आसन रोज्दा सरल किसीमको आसन रोज्नुपर्छ । योगासनको बेलामा कुनै अवरोध नहुने किसीमको योगासन छान्नु पर्छ । आसन सहि भएन भने हामीले गरिरहेको प्राणयको फल पप्त हुँदैन ।
यो चरणमा विस्तारै उठ्नुहोस र शरिरलाई त्रीकोणसनमा लिएर जानुहोस् । अबको चरणमा स्वास लिएर हातलाई बिचमा राखेर दाया बाया फैलाएर स्वास छोड्दै दाया हातलाई बाया पैतालाको साइड्मा राख्नुहोस ।
यो चरणमा बाया हत्केलालाई सिधा माथि लिएर जानुहोस र दृष्टी हत्केलामा दिनुहोस । यो आसनमा आसनमा आफ्नो क्षमता अनुसार ३० सेकेन्ड देखी १ मिनेट सम्म रहन सक्नु हुनेछ । त्यस्तै सोही प्रकृया अर्को तर्फबाट पनि गर्नुहोस ।
त्रीकोणासन योगासनका फाइदाहरु
यो योगासनले पाचन शक्तिलाई कृयाशिल बनाउँदछ ।
यो योगासनले ढाड दुखाइको समस्या हुनेहरुलाई समस्यामा लाभकारी छ ।
यो आसनले शरिरका जोर्नीहरुलाई मजबुत बनाउन मद्धत गर्छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया