निर्माण व्यवसायीका समस्या समाधान गर्न गम्भीर छौँ : मन्त्री झाँक्री
काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू गम्भीर रहेको बताएकी छिन् । निर्माण क्षेत्र अस्तव्यस्त बनेको बताउँदै उनले व्यवसायीका आवश्यक माग सम्बोधनको पहल गरिने बताइन ।
नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग भएको भेटमा मन्त्री झाँक्रीले अन्य मन्त्रालयसँग समन्वयका लागि पहल गर्ने बताइन ।
उनले भनिन्र, “निर्माण व्यवसायीका समस्या समाधानका लागि हामी गम्भीर छौँ । सकारात्मक रूपमा समस्या समाधानको पहल खोजौँ । निर्माणका काम रोकेर नबसौँ ।”
ठूला आयोजनामा म्याद थप्न समस्या नभए पनि साना आयोजनाको म्याद थपेर बस्दा नयाँ कार्यक्रमबारे अन्योलता सिर्जना हुने उनले बताइन ।
भेटमा महासङ्घका अध्यक्ष रवि सिंहले विकास परियोजनालाई तीव्र गतिमा अगाडि बढाउनका लागि अन्य मन्त्रालयसँग समन्वय गरिदिन आग्रह गरिन्। उनले निर्माण सामग्रीमा भएको मूल्य वृद्धि समायोजन गर्न अनुरोध गरिन् ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया